अमेरिकाले युक्रेनको रक्षार्थ नाटोलाई सहयोग गर्ने

अमेरिकाले युक्रेनको रक्षार्थ नाटोलाई सहयोग गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणविरुद्ध युक्रेनको रक्षा गर्न नाटोको समर्थन गर्ने वाचा गरेका छन्। 

'पुटिन युक्रेनमा पूर्ण कब्जा गर्न चाहनुहुन्छ । उहाँले युक्रेनको लोकतन्त्रको अन्त्य, संस्कृतिलाई नष्ट गर्न र युक्रेनको भौगोलिक अस्तित्वलाई मेटाउन चाहनुहुन्छ,” राष्ट्रपति बाइडेनले मङ्गलबार वाशिङ्गटन डिसीमा आयोजित तीन दिने नाटो शिखर सम्मेलनको उद्घाटनालाई सम्बोधन गर्दै भने।

उनले संयुक्त राज्य अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, रोमानिया र इटालीले युक्रेनलाई पाँच अतिरिक्त रणनीतिक हवाई रक्षा प्रणालीका उपकरणहरू प्रदान गर्ने बताए। 

बाइडेनले भने, 'संयुक्त राज्य अमेरिकाले युक्रेनलाई महत्वपूर्ण हवाई प्रतिरक्षा प्रणाली (इन्टरसेप्टर) निर्यात गर्ने सुनिश्चित गर्नेछ । अरू कुनै देशले यो सहायता प्राप्त गर्नुअघि युक्रेनले यो सहायता पाउनेछ ।'

उनले युक्रेन स्वतन्त्र देश रहेको र स्वतन्त्र रहँदै युद्ध समाप्त हुनेमा जोड दिए । 'रूसको विजय हुने छैन, युक्रेन विजयी हुनेछ,' राष्ट्रपति बाइडेनले भने। 

युक्रेनको हवाई रक्षा सुदृढीकरणसम्बन्धी संयुक्त वक्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडेन, नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक सुफ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, रोमानियाका राष्ट्रपति क्लाउस इओहानिस र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हस्ताक्षर गरेका छन्।

'पाँच रणनीतिक हवाई–रक्षा प्रणालीले युक्रेनी सहर, नागरिक र सैनिकहरूको रक्षा गर्न मद्दत गर्नेछ र यी प्रणालीहरू द्रुत रूपमा प्रयोग गर्न सकियोस् भनी हामी युक्रेनी सरकारसँग समन्वय गर्दैछौं,' संयुक्त विज्ञप्तिमार्फत जानकारी गराइएको छ । 

'यो सहयोग हाम्रो देशलाई मात्र आवश्यक नभई हरेक साझेदार राष्ट्रका लागि आवश्यक छ,' युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए। 

यसैबीच, नाटो शिखर सम्मेलनको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनले नाटोका महासचिव स्टोल्टेनबर्गलाई संयुक्त राज्य अमेरिकाको सर्वोच्च नागरिक सम्मान, प्रेसिडेन्सियल मेडल अफ फ्रिडमबाट सम्मानित गरेका छन्। 

नाटोका ३२ सदस्य र पाँच साझेदार देशहरू सदस्य रहेको अस्ट्रेलिया, न्युजिल्यान्ड, युक्रेन, दक्षिण कोरिया र जापानका नेताहरूले सन् १९४९ अप्रिल ४ मा स्थापना भएको सैन्य गठबन्धनको सम्झनामा शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.