दुई पाइलटको शैक्षिक योग्यता पेश गर्न अख्तियारको निर्देशन

दुई पाइलटको शैक्षिक योग्यता पेश गर्न अख्तियारको निर्देशन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल वायुसेवा निगमका पाइलटहरुको शैक्षिक योग्यतामा प्रश्न उठेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका न्यारोबडी (ए ३२०) चालकद्वयको शैक्षिक योग्यताको प्रश्न उठाउँदै तीन दिनभित्र प्रमाण पेश गर्न निर्देशन दिएको छ। 

आयोगले निगमका महाप्रबन्धकलाई सम्बोधन गर्दै गत असार १३ गते पत्र पठाएको हो। विमान चालकहरु क्याप्टेन (पी वान) नगेन्द्र भट्टराई र कोपाइलट(पी टु) नेपेन्द्र भट्टराइको शैक्षिक प्रमाणपत्र तहको योग्यताको प्रमाणपत्र उपलब्ध गराउन भनेको थियो। तर, अहिलेसम्म आयोगलाई उक्त प्रमाणपत्र उपलब्ध नगराएको स्रोत बताउँछ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २००१ देखि विमान चालकहरुको शैक्षिक योग्यता प्रमाणपत्र तह विज्ञान वा सो सरहको हुनुपर्ने व्यवस्था गरेको छ।

‘प्राधिकरणको व्यवस्था बमोजिम निज पाइलटद्वयको प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्रहरु निगम कार्यलयको अभिलेखमा नभएको भनि पत्र प्रेषित गरेको देखिँदा स्पष्टिकरणसहित उक्त प्रमाणपत्र पेश गर्न निर्देशन सहित अनुरोध गरेको छ’आयोगको पत्रमा उल्लेख छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.