बर्दियाको गुलरिया बजार क्षेत्रमा सीसीटीभी जडान
गुलरिया : बर्दियाको गुलरिया स्थित बजार क्षेत्रमा सीसीटीभी जडान गरिएको छ। गुलरिया नगरपालिकाको सहयोगमा बजारका १० वटा स्थानमा क्यामरा जडान गरिएको हो।
नगरपालिकाले यस पटक सीसीटीभी जडान गर्न २० लाख रुपैयाँ विनियोजन गरेको र नगर सुरक्षाका लागि छुटेका स्थानमा जडान गर्न पुनः बजेट विनियोजन गर्ने नगरप्रमुख मुक्तिनाथ यादवले बताए। उनले क्यामरा मार्फत नगरमा हुने अवैध गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरे।
जनशक्ति अभावलाई सीसीटीभीले पूरा गर्ने विश्वास लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रवीण धितालले बताए।