अध्यादेशबाट बजेट आउँछ

अध्यादेशबाट बजेट आउँछ
अक्कल रावल, आर्थिक मामिलामन्त्री तथा सरकारका प्रवक्ता।

असार १ गते बजेट आयो, पास गर्नु सक्नुभएन, सरकार फेल भएको होइन ?

यसको दोषी नेकपा एमाले हो। त्यतिबेला उसैले बजेट ल्यायो। एमालेबाट मन्त्री बनेका सुरेन्द्रबहादुर पालले बजेट प्रस्तुत गरे। अनि अहिले आएर आफंैले ल्याएको बजेट पास नगरी भाग्न मिल्छ। त्यसैले यो बजेट शून्यताको अवस्थामा पुर्‍याउने एमाले हो।

एमाले त, नयाँ सत्तासमीकरण बनेपछि पछि हट्यो, तर २० दिनसम्म किन बजेटमा छलफल नै सुरु नगर्नु भएको ?

हामीलाई यो नयाँ समीकरण बन्ला भन्ने अनुमान नै भएन। यसलाई म त राजनीतिक भूकम्प भन्छु। भर्खरै एमाले माओवादीको गठबन्धन बनेको छ, रातारात राजनीतिक भूकम्प आउला भन्ने कसलाई थाहा थियो। बजेटमा प्रतिपक्षी (कांग्रेस) को चरम विरोध थियो। सुरुवातमै बजेट माथि छलफल चलायो भने गिजोलिन्छ भनेर असारको अन्ततिर छलफल गर्ने र पास पनि गर्ने सल्लाह थियो, बीचैमा यस्तो भइहाल्यो।

सत्ता समीकरण परिवर्तन भयो, सरकार असारको २० गते अल्पमतमा पनि परिसक्यो, अब पनि प्रदेशलाई अनिर्णयको बन्दी बनाउन मिल्छ ?
होइन, हामी जिम्मेवारीबाट पछि हट्दै नौ। बजेट पास हुन सकेन भने अध्यादेशबाट भए पनि बजेट ल्याउने हाम्रो तयारी छ। राजस्व संकलन रोकिएको छ। त्यसलाई सुचारु गर्न हामी लागि परेका छौं । अल्पमतमा परेको कुरा कसरी भन्नुहुन्छ। त्यो त विश्वासको मत लिएपछि नि थाहा हुने होइन ?

एमालेले असारको २० गते नै समर्थन फिर्ता लिइसक्यो, त्यो अल्पमतमा परेको होइन ?
त्यही त, अब हामी विश्वासको मत लिन्छौं, त्यसपछि अल्पमतमा परेका रहेछौं भने सरकार छोडौंला तर अहिले यसपछिको सरकारको कसको नेतृत्वमा बन्ने, त्यो सरकार कहिले बन्ने, त्यसले कहिले बजेट ल्याउने ? यी कुराको कुनै टुंगो छैन। त्यसैले अध्यादेशबाट बजेट ल्याउने तयारी भइरहेको छ। हामी तयारी अवस्थामै छौं। अध्यादेश सरकारले ल्याउने संवैधानिक प्रावधान छ। हामी संविधानको परिधिभित्र रहेर काम गरिरहेका छौं।

मन्त्रीज्यू, विश्वासको मत लिए पनि बहुमत पाइँदैन भन्ने थाहा छ, बजेट शून्यताको अवस्थामा यस्तरी सत्तामा टाँसी रहने हो र भन्या ?
हामी टाँसिएका छैनौं। सबै कुरा विधिअनुसार नै भइरहेको छ। संविधान सर्वोपरि हो, हामी संविधार बाहिर गएर केही पनि गरिरहेका छैनांै, अब विश्वासको मतका लागि ३० दिनका समय त संविधानले नै दिएको छ नि ! हामीले असंवैधानिक काम के गरेका छौं, तपाईं नै भन्नुस् न।

भनेपछि साउनको १९ यता सरकार छोडिन्न ?
छोडिन्न, हामी प्रदेशलाई बजेट शून्यताको अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने कुरामा गम्भीर भएर लागेका छौं।

अक्कल रावल, आर्थिक मामिलामन्त्री तथा सरकारका प्रवक्ता


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.