संसदमा खोजे प्रधानमन्त्रीलाई

ओलीप्रति नेपालको व्यंग्य - अर्कालाई लात्तीले हिर्काएर आफू स्वर्गतिर लागे

ओलीप्रति नेपालको व्यंग्य - अर्कालाई लात्तीले हिर्काएर आफू स्वर्गतिर लागे

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले संसदमा प्रधानमन्त्री ओली नदेखेपछि खोजि गरेका हुन्।

'मैले प्रधानमन्त्रीज्यूलाई देखिराखेको छैन। उहाँले आफ्नो विश्वासको मत मागिरहनु भएको छ। तर, यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ। उहाँले सदनलाई महत्व नदिएको देखिन्छ। उहाँको निम्ति सबैभन्दा महत्वपूर्ण कुरो भनेको आजको सदनमा पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचारहरू र धारणाहरू सुन्ने धैर्यता राख्नुपर्थ्यो। अरुका वचनहरु सहन नसकेको ठान्नु भएको हो कि क्या हो। कसैका वचनहरू कटु निस्केका छैनन्। सबैका कर्णप्रिय नै  छन्। मेरा पनि कर्णप्रिय नै छन्,'उनले भने,' मैले उहाँको उपस्थिति मात्रै संझाउन खोजेको हुँ।'

पूर्वप्रधानमन्त्री नेपालले एमाले अध्यक्ष ओली आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाएको टिप्पणी गरे। उनले भने,'अघिल्लो दिन स्वर्ग गएपनि  नर्क गएपनि सँगसँगै जाने वाचा गरे पनि भोलिपल्ट आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाए।'

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.