पर्साको ऐलानी जग्गामा ७ हजार बिरुवा रोपियो

पर्साको ऐलानी जग्गामा ७ हजार बिरुवा रोपियो
सुन्नुहोस्

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिकाले अतिक्रमणमुक्त गराई खाली गराएको करिब १५ बिघा ऐलानी जग्गामा ७ हजार बिरुवा रोपिएको छ। 

नेपालका प्रथम जनर्विाचित प्रधानमन्त्री स्वर्गीय विशेश्वर प्रसाद कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित रैनीझैनी मठ नजिकको ऐलानी जग्गामा मंगलबार विभिन्न प्रजातिका ७ हजार वटा बिरुवा रोपिएको कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए। 

दशौताको रैनीझैनी मठ नजिकैको करिब १५ बिघा ऐलानी जग्गा स्थानीय केही व्यक्तिले वर्षौदेखि अतिक्रमण गरी खेतिपाती गर्दै आएकोमा जगरनाथपुर गाउँपालिकाले गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको निर्देशनमा गत जेठ दोस्रो साता उक्त जग्गा अतिक्रमण मुक्त बनाई किलाकाटी गाडेर घेराबार गरिएको थियो। 

त्यही जग्गामा मंगलबार गाउँपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा साल , सीसौं , सपेता, अमला,जामुन , आँप लगायतका प्रजातिका बिरुवाहरू रोपिएको कांग्रेस क्षेत्रीय सचिव अहमदले बताए। वृक्षारोपण कार्यक्रमको शुभारम्भ पूर्व उद्योगमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.