लागूऔषध ब्राउन सुगरसहित युवक पक्राउ

लागूऔषध ब्राउन सुगरसहित युवक पक्राउ
सुन्नुहोस्

गुलरिया : सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका-२ स्थित फुटाहामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित युवकलाई पक्राउ गरेको छ। बाँकेको कोहलपुर नगरपालिका-११ का २१ वर्षीय प्रकाश चौधरीलाई नियन्त्रणमा लिएको हो 

उनको साथबाट अन्दाजी ६ ग्राम ब्राउनसुगर, सामसुङ मोवाई १ थान, सोही कम्पनीको ट्याब १ थान र नेपाली रुपैयाँ ३ सय ५० बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर हेडक्वाटर बर्दियाका गणपति प्रहरी उपरीक्षक चित्रांगत दाहालले जानकारी दिए। 

सशस्त्र प्रहरीले दुई दिन अघि सोही इलाकाबाट बाँकेस्थित खजुराका २४ वर्षीय गणेश परियारलाई ४ सय १० मिलिग्राम र असार  ३१ गते गणेशपुर इलाकाबाट बाँसगढी नगरपालिकाका अबराज खा र सिजन पौडेललाई ६ सय ७० मिलिग्राम  लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.