साउन महिनामा बढ्दो मेहन्दी मोह

साउन महिनामा बढ्दो मेहन्दी मोह
सुन्नुहोस्

जनकपुरधाम : हातमा हरियो चुरा, हत्केला भरी मेहन्दी र हरियो पोतेले साउन महिनामा अधिकांश नेपाली महिलाहरूलाई लोभ्याउने गर्दछ। कामकाजी महिला होस् वा घरपरिवारमै समय बिताउने महिलाहरू सबैलाई साउनमा मेहन्दी र हरियो चुरा नभई नहुने श्रृंगार सामग्री नै बनेका छन्। 

साउन र मेहन्दी मोहको संगमले एकातर्फ महिलाहरूको सौन्दर्यलाई बढाउने गरेको छ भने अर्को तर्फ मेहन्दी लगाउने कलाकारहरूको कमाई पनि दिनदुगुना रात चौगुना बढाएको छ। मेहन्दी लगाउने राम्रा कलाकारहरूको माग यति धेरै छ कि उनीहरूलाई काम गर्न भ्याई नभ्याई छ। जनकपुरकी २२ वर्षीया सोनी साह हत्केलामा मेहन्दी रच्न निकै गुणी छिन्। 

null

उनले लगाउने मेहन्दीका डिजाइनहरू अन्य भन्दा फरक हुन्छन्। त्यसैले उनीबाट मेहन्दी रचाउने चाहना अधिकांश महिलाहरूको हुन्छ। तर, सोनीलाई भने आफ्नो हुनर देखाउन दिनरात पनि कम नै हो जस्तो लाग्छ।  मैले औपचारिक रुपमा मेहन्दीको तालिम नलिए पनि सानै उमेरबाट लगाउँदा लगाउँदै सिकेको हुँ,’ सोमबार जनकपुरको शिव मन्दिर अगाडि निःशुल्क मेहन्दी शिविरमा मेहन्दी रच्दै भेटिएकी सोनीले भनिन्, यो महिनामा महिलाहरूले अनिवार्य रूपमा मेहन्दी लगाउने गर्छन्। अहिले त पहिला जस्तो ट्रेडिसनल नभएर मेहन्दीका नयाँ नयाँ डिजाइनहरू रोजेर स्टाइलका लागि पनि लगाउने चलन छ। यस्तोमा मेहन्दी आरटिस्टलाई कामबाट कहाँ फुर्सद हुन्छ।’

null

सामान्य खालको मेहन्दी दुवै हातको हत्केलामा लगाउँदा राम्रो कलाकारले ५ सय देखि हजार रुपैयाँसम्म पारिश्रमिक लिने गर्दछन्। बिहे वा कुनै पर्वका लागि विशेष खालका मेहन्दी लगाउँदा पाँचदेखि सात हजारसम्म रुपैयाँ मेहन्दी कलाकारले लिने गर्छन्। पछिल्लो समय मेहन्दी लगाउने चलन वैवाहिक कार्यक्रम, पर्व त्योहार र हरेक शुभ अवसरमा निकै बढी भएको हुँदा मेहन्दी कलाकारहरू आफ्नो हातको सीपले अर्थ उपार्जन गर्न समर्थ बन्दै गएका छन्। 

मेहन्दी लगाउने कलाकारहरू अधिकांश महिला नै हुने गरे पनि पछिल्लो समय पुरुष कलाकारहरू पनि यस कलालाई पेशाका रुपमा अपनाउन थालेका छन्। 

साउन महिनाको मेहन्दी किन हुन्छ विशेष

साउन महिना विभिन्न कुराहरूका लागि प्रसिद्ध छ। हिन्दू धर्ममा साउन महिनाको विशेष महत्व छ। यस महिनामा चारैतिर छाइने हरियाली र प्राकृतिक सौन्दर्यले एकातर्फ प्रकृतिको श्रृंगार गरिराखेको हुन्छ भने अर्को तर्फ हिन्दू धर्मका थुप्रै पर्व त्योहारहरू यस महिनामा मनाइने हुनाले पनि शुभ अवसरमा महिलाहरूले मेहन्दी लगाउने गरेका छन्। हिन्दू धर्मका अनुसार हातमा मेहन्दी लगाउनुलाई सौभाग्यको प्रतीक मानिन्छ। साउन महिनामा विशेषगरी मिथिलाञ्चलमा मनाइने मधुश्रावणी पर्व, पहाडी समुदायको तीज पर्व लगायतका विभिन्न व्रत र पर्वहरूमा मेहन्दी शुभको प्रतीक मानेर लगाउने गरिन्छ। 

धार्मिक आधारहरूमा साउन महिनालाई पवित्र मानिए पनि वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यस समयमा वर्षायाम भएको हुँदा विभिन्न खालका रोगहरूको प्रकोप पनि बढ्छ। यस्तो अवस्थामा गर्मीका थुप्रै रोगहरूबाट बच्न मेहन्दी सहयोगी हुने गरेको जानकारहरू बताउँछन्। 

null

मेहन्दी औषधीय गुणले भरिएको वनस्पति हो। यसको प्रभाव चिसो हुन्छ त्यसैले मेहन्दी हत्केला वा खुट्टाको पैतालामा लगाइयो भने यसले शरीरलाई चिसोपन प्रदान गर्छ,’ शिक्षिका गीता झा भन्छिन्, आयुर्वेदिक तथ्यहरूका अनुसार मेहन्दीमा थुप्रै प्रकारका औषधीय गुणहरू हुन्छ जसले ज्वरो र टाउको दुखाइको समस्यालाई पनि कम गर्छ। मात्रै साउनमा होइन कि अन्य महिनामा पनि यदि बोटबाट टिपेर हरियो पातवाला मेहन्दीलाई सिलौटामा पिसेर हत्केला, कपाल वा खुट्टामा नियमित लगाइयो भने निकै फाइदाजनक हुन्छ।’ 

तर, पछिल्लो समय फेसन र स्टाइलको पछाडि मेहन्दीमा क्यामिकलको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएर शरीरलाई फाइदा भन्दा पनि बेफाइदा निम्त्याउने डर बढ्दै गएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.