छांगा झरना प्रवर्द्धन मेला

छांगा झरना प्रवर्द्धन मेला
सुन्नुहोस्

नुवाकोट : पर्यटकीय स्थलको प्रचारप्रसारका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको छाँगा खोला झरना प्रवर्द्धन मेला गरिएको छ। 

तारकेश्वर गाउँपालिकाले मंगलबार छाँगा खोला झरना अवलोकन मेला गरेको हो। तारकेश्वर गाउँपालिका-१ दाङसिङमा रहेको झरनामा उत्साहजनक सहभागी भएको र यसले पर्यटन प्रवर्द्धनमा मद्दत पुगेका पालिका अध्यक्ष शिव अधिकारी अविरलले बताए।

तारकेश्वरको शान र गौरवको झरनाको रूपमा लिइएको सो झरना अवलोकन गर्न नुवाकोट, रसुवा, काठमाडौं र धादिङबाट सर्वसाधारण पुगेका थिए। छाँगाखोला झरनाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पहिलो पटक सक्रियता देखाएको हो। 

गाउँपालिकाले ‘स्थानीय पर्यटन प्रवर्धनका लागि गन्तव्य तारकेश्वर’ अभियान अन्तर्गत १ दिने छाँगाखोला झरना अवलोकन मेला आयोजना गरेको हो। सो स्थानको अवलोकन गर्न पुगेका सर्वसाधारणका साथै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, शिक्षा प्रेमीको उपस्थितिमा खीरसमेत खाएका थिए। 

सो झरनाको दृश्यावलोकन गर्न केही वर्षअघिदेखि आन्तरिक पर्यटक जाने क्रम जारी रहेको छ। विदुरदेखि ४५ मिनेटको दूरीमा पुगिने सो स्थानको पर्यटन प्रवर्द्धन गर्न विभिन्न योजना प्रस्ताव गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.