लक्ष्य पूरा गर्न अहिलेदेखि काममा लाग्न अर्थमन्त्रीको निर्देशन

लक्ष्य पूरा गर्न अहिलेदेखि काममा लाग्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्य पूरा गर्न अहिलेदेखि काममा लाग्न निर्देशन दिएका छन्। 

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिकरूपमा निर्धारण गरिएका लक्ष्य पूरा गर्नका लागि आ-आफ्नो जिम्मेवारीअनुसार परिणाम निकाल्न निर्देशन दिएका हुन्। उनले राष्ट्रिय महत्वका, गौरवका आयोजना र प्रतिफल दिने आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। 

त्यस्तै अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ बजेट कार्यान्वयन कार्ययोजना तयार परेको छ। मन्त्रालयले अघिल्लो आर्थिक वर्षका लागि १७५ वटा माइलस्टोन निर्धारण गरेको थियो, जसमध्ये ५१ वटा सम्पन्न भए भने  ९६  वटा जारी अवस्थामा छन्। २८ वटाको काम सुरु हुन सकेन।  

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.