पदाधिकारी बैठक

महासमिति बैठकका सुझावलाई संशोधनसहित केन्द्रीय कार्य समितिबाट पारित गर्ने कांग्रेसको निर्णय

महासमिति बैठकका सुझावलाई संशोधनसहित केन्द्रीय कार्य समितिबाट पारित गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली काँग्रेसले महासमिति बैठकमा पेश भएका विभिन्न प्रस्तावहरुलाई संशोधनसहित पारित गर्ने तयारी गरेको छ । 

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा साउन २३ गते बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि एजेन्डाबारे छलफल गर्दै महासमितिमा पेश भएका प्रस्तावमाथि आएका सुझावहरुलाई संशोधनसहित केन्द्रीय कार्य समितिबाट पारित गर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

त्यस्तै केन्द्रीय समिति बैठकमा सरकारमा पार्टीको सहभागितालाई प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने उनले बताए । सरकारका साथै पार्टी संगठनलाई समेत बलियो बनाउँदै अघि बढ्ने विषयमा पदाधिकारी बैठकमा छलफल भएको परियारले बताए।

यसैगरी पदाधिकारी बैठकमा विदेशस्थित सम्पर्क समितिहरूलाई व्यवस्थित गर्ने, विभाग र निर्देशन समिति बनाउने विषयमा पनि छलफल भएको सहमहामन्त्री परियारले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.