सुदूरपश्चिममा १० सदस्यीय मन्त्रिपरिषद् गठन

सुदूरपश्चिममा १० सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं : सुदूरपश्चिममा सुदूरपश्चिममा १० सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार शपथ ग्रहण गरेसँगै मन्त्रिपरिद् विस्तार गरेका हुन्।

बहादुर सिंह थापा आर्थिक मामिला मन्त्री, सुरेन्द्र बहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, मेघराज खड्का सामाजिक विकास मन्त्री, लक्ष्मण किशोर चौधरी उद्योग, पर्य‍टन, वन तथा वातावरण मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र बिर बहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्। 

यसैगरी प्रकाश बहादुर बम आर्थिक मामिला राज्यमन्त्री, सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री र निर्मला देवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका छन्। मन्त्री तथा राज्यमन्त्रीले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.