आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ। शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो। 

आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं तथा कम्पनीका ब्राण्ड एम्बासेडर दिपक राज गिरी र दिपाश्री निरौलाको उपस्थितिमा देशैभरिबाट भेला भएका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाई सम्मानित गरिएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय गर्ने सातै प्रदेशबाट कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको हो। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुयाँल, नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य (डिसिइओ), चिफ मार्केटि∙ अफिसर (सिएमओ) गणेश चौलागाईं तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका सदस्यहरू र ब्राण्ड एम्बासेडरहरूका तर्फबाट गत आर्थिक वर्षभरी उत्कृष्ट बिमा व्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूले अवार्ड प्राप्त गरेका थिए। 

उक्त समारोहमा कम्पनी प्रदेश प्रमुखहरू लगायत देशैभरीका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.