भारी वर्षाले जताततै बाढी-पहिरो : कुन राजमार्ग खुले,कुन अवरुद्ध ?

भारी वर्षाले जताततै बाढी-पहिरो : कुन राजमार्ग खुले,कुन अवरुद्ध ?
वीपी राजमार्गको अवरुद्ध सडक खुलाइँदै। तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं : सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार मंगलबार बिहान १० बजेसम्म देशभर १४ वटा स्थानमा राजमार्गहरू अवरुद्ध भएका हुन्। पाँच सडकखण्ड एकतर्फी सञ्चालनमा आइसकेका छन्। 

बागमती प्रदेशमा सबैभन्दा बढी पाँच ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। जसमध्ये चार सडकखण्ड एकतर्फी सुचारु भइसकेका छन्।  मकवानपुरको भिमफेदि गाउँपालिका- ८ महादेवटार र कालोपहिरोमा कान्ति लोकपथ सडकखण्ड,सिन्धुपाल्चोकको अलेफी गाउँपालिका -८ जुरेमा अरनिको राजमार्ग र मेलम्ची नगरपालिका- ११ धितालबेसीस्थित मेलम्ची जिरो-किलो सडक खण्ड अवरुद्ध भएका थिए । अहिले यी सडकखण्ड एकतर्फी सुचारु भइसकेका छन्। यसैगरी दोलखाको कालिन्चोक गाउँपालिका- ४ झामासीमा चरिकोट सडक खण्ड भने पूर्णरुपमा अवरोध भएको छ। उक्त सडकखण्ड सुचारु हुन एक महिना लाग्ने प्रहरीले जनाएको छ। काभ्रेस्थित रोसी गाउँपालिकाको वीपी राजमार्गको विभिन्न स्थानमा पहिरो गएपनि अहिले पहिरो पन्छाउने काम भइरहेको छ। 

गण्डकी प्रदेशमा तीन ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। म्याग्दीको बेनी नगरपालिका ४ घुमाउने भिरस्थित  बेनी-दरबार सडक खण्ड,रघुगंगा गाउँपालिका २ उपल्लो बैशरी र सोही गाउँपालिकाको १ बेगखोलास्थित बेनी जोमसोम सडक खण्ड, बागलुङको बागलुङ नगरपालिका १० स्थित डब्ल्याङस्थित कालीगण्डकी करिडोर पूर्णरुपमा अवरोध भएका छन्। 

यसैगरी लुम्बिनीमा प्रदेशमा बाढी  र पहिरोबाट  म्याग्दीको नौबहिनी नगरपालिका -१ हाम्पालस्थित स्याउलीवा बाष्दुला सडक खण्ड र दाङको घोराही उपमहानगरपालिका १६ सेवार खोलास्थित  घोराही तुलसीपुर सडकखण्ड पूर्णरुपमा अवरोध भएका छन्। स्याउलीवाबाग्दुला सडक खण्ड भने वर्षभरी नखुल्ने प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिममा पहिरोले आठ बिसकोट नगरपालिका- ११ खरखरेस्थित भेरि करिडोर पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ । बाढी पहिरोले कोशी प्रदेशमा दुई ठाउँमा राजमार्ग अवरोध भएका छन्। संखुवासभाको मकालु गाउँपालिका-३ स्थित उत्तर दक्षिण कोशी राजमार्ग र  सुनसरीको  वरानह क्षेत्र नगरपालिका- १ धनसारेस्थित चतरा बराह क्षेत्र भित्री सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ। 

मधेश प्रदेशको महोत्तरीको बर्दिवास नगरपालिका ५ माइस्थानमा पर्ने पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध भएकोमा सो राजमार्ग एकतर्फ सञ्चालनमा आइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.