उर्लिएको हनुमन्ते खोला बस्तीमा पस्यो

उर्लिएको हनुमन्ते खोला बस्तीमा पस्यो
तस्बिर : सामाजिक सञ्जालबाट

भक्तपुर : भक्तपुरको सहरी क्षेत्रमा पानी परेपछि उर्लेर आएको हनुमन्ते खोला भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भिषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो । 

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ । जिल्लाको हनुमानघाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थान लगायतका क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ । राम मन्दिर, बाराहीस्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो ।

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलासमेतमा बाढीको बहाब बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ । 

भक्तपुरका विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सर्तकता तहमा पुगेको र नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्क रहन सन्देश एवं सूचना जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न प्रशासनले सुरक्षा निकाय, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखेको जानकारी राससलाई दिइन्। उनले प्राकृतिक विपत्ति परेको स्थानमा आधा घन्टामै सुरक्षा निकायको टोली पुगेर उद्धार गर्ने, जोखिम रोकथाम र राहत सामग्री वितरण गर्दै आएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.