मधेस प्रदेशमा थपिए पाँच राज्यमन्त्री

मधेस प्रदेशमा थपिए पाँच राज्यमन्त्री

धनुषा : मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेका छन्। प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आज मन्त्रिपरिषद् पुनःगठन गरेका हुन्।

पुनःगठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट दुई र नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एक/एक जना राज्यमन्त्रीमा नियुक्त भएका छन्। 

कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका  छन्। 

त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.