कागबेनीमा ‘प्रहरी बिट’ हस्तान्तरण
जोमसोम : धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा मंगलबार मुस्ताङ प्रहरीलाई २ थान ‘प्रहरी बिट’हस्तान्तरण गरिएको छ।
राष्ट्रिय गौरवको जोमसोम-कोरला तथा मुक्तिनाथ जाने पर्यटक तथा सवारी साधनको व्यवस्थापनका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रहरीलाई २ थान सुरक्षाकर्मी बस्ने ‘प्रहरी बिट’उपलब्ध गराएको हो।
मुस्ताङको कागबेनी जोमसोम-कोरला र जोमसोम -मुक्तिनाथ जाने संगमस्थल हो। कागबेनीमा चैते दसैं र सोह्र श्राद्धमा हजारौं श्रद्धालु भक्तजनहरू दिवंगत पितृ उद्धारका लागि श्राद्ध ,तर्पण र पिण्डदान गर्न आउने गर्छन्।