बिदामा बसे प्रधानसेनापति शर्मा
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा बिदामा बसेका छन्। सैनिक सेवामा ४१ वर्ष सेवा गरेका शर्मा भदौ २४ गतेबाट अवकासमा जाने भएपछि नियमानुसार आजदेखि बिदामा बसेका हुन्।
यसैबीच प्रधानसेनापति शर्माले रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरे। सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले शुक्रबारदेखि सम्हाल्नेगरी रथी सिग्देललाई कायम मुकायमको जिम्मेवारी सुम्पेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि नै लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन्।
प्रधानसेनापति शर्माले आजै वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक छाउनी र सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलीसमेत अर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।