करसम्बन्धी जानकारी ‘वन स्टप सोलुसन’मा

करसम्बन्धी जानकारी ‘वन स्टप सोलुसन’मा

काठमाडौं : करसम्बन्धीका विषयवस्तु समेटेर ‘वन स्टप सोलुसन’ पुस्तक प्रकाशित भएको छ। करको समसामयिक विषयलाई समेटेर सीए रोशन सापकोटा र शैलेन्द्र उप्रेतीले पुस्तकको दोस्रो संस्करण प्रकाशन गरेका हुन्। 

दोस्रो संस्करणको उक्त पुस्तकमा आर्थिक ऐन, २०८१ को संशोधनसहित थप तीन सयभन्दा बढी फैसला, थप २२० भन्दा बढी उदाहरण, व्याख्या र सम्पादकीय र थप ७५ भन्दा बढी परिपत्र र पूर्वादेश समेटिएको लेखक सीए सापकोटाको भनाइ छ। ‘यसले पाठकलाई करका कुरा अझ स्पष्ट रूपमा बुझ्न मद्दत गर्नेछ,’ उनले भने। 

उनका अनुसार व्यवसायी, कर प्रशासन एवं परामर्शदाता कानुन व्यवसायी वृत्तमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी वन स्टप सोलुसनको अभाव महसुस गरिएको थियो। 

यसर्थ पुस्तकमा कानुनको मेरुदण्डको ऐन र नियमावलीलाई व्याख्या गर्न आन्तरिक राजस्व विभागबाट जारी गरिएको आयकर निर्देशिका र मूल्य अभिवृद्धि कर निर्देशिकाका महत्त्वपूर्ण टिप्पणी र उदाहरणहरूलाई प्रस्तुत गरिएको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.