क्रिकेटर आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडर
काठमाडौं : टेक्नो ब्रान्डले प्रसिद्ध नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच टेक्नोले नयाँ ब्रान्ड एम्बेसडर घोषणा गरेको हो। आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफले ब्राण्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ भावलाई दर्शाउने विश्वास लिएको छ। टेक्नो मोबाइलका प्रमुख कार्यकारी अधिकृत अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने,‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ। उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ। हामी आशा गर्छौं कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउनेछ।’
उक्त कार्यक्रमले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो। उक्त अवसरमा आरिफ शेखले भने, ‘म यो साझेदारी र यसले दर्शकहरूलाई संलग्न गराउने सम्भावनाहरूबाट उत्साहित छु। एक क्रिकेटरको हैसियतमा, म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु किनकि खेल जगतमा मेरो उत्कृष्टताको खोजी यसको लक्ष्यसँग मिलेको छ।’
आसिफ शेखले थपे, ‘टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको छ। यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु। यसले मलाई फ्यानहरूसँग जोडिने अवसरहरू सिर्जना गर्नेछ।’
टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै आरिफ र आसिफ शेखलाई ब्रान्ड एम्बेसडरको रूपमा पाउँदा हर्षित भएको बताए। टेक्नोको नेपालको ७७ जिल्लामा बलियो उपस्थिति रहेको छ भने १० प्रतिशत बजार हिस्सा ओगटेको छ। टेक्नो नेपाल देशको पाँचौं शीर्ष ब्रान्ड हो। टेक्नोको नेपालभरका ५० सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको छ भने १०० दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड भएको दाबि कम्पनीको छ।