परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण : मुख्यमन्त्री कार्की

परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा आदिवासी जनजातिको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् । ३० औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उनले परिवर्तनका लागि आदिवासी जनजातिले दिएको योगदान प्रशंसनीय रहेको बताएका हुन् ।

प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको कार्कीले बताएका छन् । आदिवासी जनजातिको पहिचानलाई थप परिस्कृत बनाउन आफू लागिपरेको उनले बताए । 

स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले भने,‘प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ ।’ 

आदिवासी जनजाति दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण तथा अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास लिएको मुख्यमन्त्री कार्कीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख  छ । 

‘कोशी प्रदेश आदिवासी जनजातिहरूको ठूलो जनसंख्या भएको प्रदेश हो,’उनले भने,‘आदिवासी जनजातिको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको छ ।’

खुवालुङदेखि माङ्सेबुङलगायतका पवित्र स्थलहरू प्रदेशका अमूल्य सम्पत्ति रहेकाले यस्ता धार्मिक धरोहरहरूको संरक्षण र संग्रहालयमार्फत समुदायहरूको पहिचानलाई वर्षौंसम्म चिरस्थायी बनाउन प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री कार्कीले जारी गरेको सन्देशमा उल्लेख छ । 

संयुक्त राष्ट्रसंघले सन् १९९४ को अगष्ट ९ बाट विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । अगष्ट ९ लाई आदिवासी तथा जनजातिहरूले अधिकार स्थापित गर्ने दिनका रूपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा शुक्रबार कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.