बागचन्द उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
काठमाडौं : न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेको छ। उच्च अदालत जनकपुरमा रहेका बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरिएको हो।
शुक्रबार न्याय परिषदको देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको हो। जसमा न्याय सेवाबाट २५, सरकारी वकिलबाट ६ र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको प्रवक्ता अशोक कुमार क्षेत्रीले बताए।