नुवाकोटमा ९ वर्षमा ३ हेलिकप्टर दुर्घटना

नुवाकोटमा ९ वर्षमा ३ हेलिकप्टर दुर्घटना
फाइल तस्बिर।

नुवाकोट   : नुवाकोटमा नौ वर्षमा तीन हेलिकप्टर दुर्घटनामा परेका छन्। १८ जनाले ज्यान गुमाएका छन्। नुवाकोटको मदानपुरको बेतिनी जंगलमा २०७३ साल साउनमा फिस्टेल एयरको हेलिकप्टर, २०७५ साल भदौ २३ गते अल्टिच्युड एयर म्यागङमा र २०८१ साउन २३ गते एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो। तीन वटै दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्।

३२ वर्षअगाडि अर्थात् सन् १९९२ जुलाई ३१ तारिखका दिन नुवाकोटको घ्याङफेदीको घोप्टेभीरमा बैंककबाट आएको थाई एयरलाइन्सको फ्लाइट ३११ दुर्घटनाग्रस्त भएको थियो।

हालको दुप्चेश्वर—१ मा भएको सो भयानक दुर्घटनामा चालक दलका १४ र ९३ जना यात्रुसहित १ सय १३ जनाको निधन भएको थियो। थाई एयरलाइन्सको सो दुर्घटना नेपालको हवाई दुर्घटनामा दोस्रो ठूलो हवाई दुर्घटनाका रूपमा आजसम्म चर्चित छ। दुर्घटनामा मानव अधिकारवादी प्रकाश काफ्लेकोसमेत ज्यान गएको थियो। दिवंगत भएकाहरूको स्मृतिमा नुवाकोटको पर्यटकीयस्थल ककनीमा स्मृति पार्क निर्माण गरिएको छ।

काठमाडौंसँग जोडिएको र एयरपोर्ट नजिकै भएका कारण नुवाकोटको आकाश हुँदै जहाज तथा हेलिकप्टरहरू पश्चिमका जिल्लाहरूमा उड्ने गरेका छन्। नौ वर्षको अवधिमा तीन हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा त्यसको तेब्बर संख्यामा हेलिकप्टरहरू फोर्सल्यान्डिङ (आकस्मिक अवतरण) गरिसकेका छन्।

नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परेको यो तेस्रो हो भने हवाई दुर्घटना चौथो हो। २०७५ साल भदौ २३ गते म्यागङ गाउँपालिका— ४ मुइलाम्रामा रहेको गुराँसे पहाडको जंगलमा र २०७३ साल साउन २४ गते गोरखाकोे सिर्दिबासवाट पाँचदिने सुत्केरीको उपचारका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदानपुरको बेतिनिभिरमा दुर्घटनामा पर्दा एकै परिवारका चारसहित सात जनाको निधन भएको थियो।

सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको बेतिनिभिरको पहरोमा नाइन एन एके ए कलसाइनको ६ सिट क्षमताको हेलिकप्टर दुर्घटनामा अनुभवी क्याप्टेन रञ्जन लिम्बू, पाँच दिनका नाबालक र उनका परिवारको निधन भएको थियो। मृतकका परिवारले त्यतिबेला प्रतिमृतक २० हजार डलरका दरले क्षतिपूर्ति पाएका थिए।

२०७५ साल भदौ २३ गते म्यागङको मुइलाम्रामा रहेको गुराँसे पहाडको जंगलमा गोरखावाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको नाइनएन एएल एस कलसाइन रहेको ६ सिटे हेलिकप्टर दुर्घटनामा जापानी नागरिक राहदानी नं. टिके ७१३६१२०६८ रहेको हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३५ वर्षीया हीरा शेर्पा, गोरखा, चुमनुब्री—२ की ३० वर्षीया ल्हो आनि डोल्मा निकी, चुमनुब्री— १ गोरखाकै छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीया सुनील तामाङ र चालक निश्चल केसी रहेकोमा महिला ल्हो आनी डोल्मा निकीबाहेक सबैको ज्यान गएको थियो।

मन्त्री पाण्डेद्वारा दुर्घटनास्थल निरीक्षण

नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थलगत निरीक्षण गरेका छन्। मन्त्री पाण्डेले सुरक्षा अधिकारीहरूका साथ एयर डाइनेस्टीको नाइनएन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटनाग्रस्त भएको एक दिनपछि नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर पुगेर बिहीबार पैदल निरीक्षण गरेका हुन्।

मन्त्री पाण्डे हेलिकप्टर दुर्घटनास्थलमा पुगेर स्थानीयवासी, सुरक्षाकर्मी तथा प्राविधिक पक्षसँग अन्तक्र्रिया गरेका थिए। उनले घटनाको वास्तविकता पूर्ण अनुसन्धानपछि आए पनि सरसर्ती हेर्दा प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको अनुमान गर्न मात्रै सकिने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.