भन्सार छलीका सामान बरामद
नुवाकोट : नुवाकोटको ढिकुरेमा प्रहरीले भन्सार छलीका सामान बरामद गरिएको छ। चेक जाँचका क्रममा विभिन्न १७ प्रकारका सामान बरामद गरिएको नुवाकोट प्रहरीले जनाएको छ।
त्रिशूली–गँगटे–काठमाडौं सडक खण्डमा लिखु गाउँपालिका ढिकुरे प्रहरी चेकपोस्ट अगाडि चेक जाँचका क्रममा विभिन्न १७ प्रकारका भन्सार छलीका सामानहरू बरामद गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। इलाका प्रहरी कार्यालय ढिकुरे नुवाकोटबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा रसुवाबाट नुवाकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा४ख ९२१५ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्दा बिल नभएका एक लाख ५० हजार रुपैया मूल्य बराबरको विभिन्न भन्सार छलीका किराना सामानहरू बरामद गरि कानुन बमोजिम कारबाही गरिएको डीएसपी भारतीले बताए।
बरामद गरिएको भन्सार छली सामानहरूमा गाई चक्लेट १ सय ९० पोका, काला क्याण्डि चक्लेट– ३६ बट्टा, चियापत्ति ३ कार्टुन, मिक्स अचार ७१ बट्टा, बबल रोल ५६ बट्टा, गैडा अचार ३ कार्टुन र बांसको अचार एकसय पाकेट रहेका छन्।
यसैगरी बरामद गरिएका सामानहरूमा हटपोट सिच ९० पाकेट, सुफु खाँ, १६ पाकेट, साहकारी निकेन सस् ९० पाकेट, माछाको अचार– १ सय ३५ पाकेट, आई ढढ ७५ पाकेट, लेक पिस ३५ पाकेट, पुरानो डसोमा ९४ थान, सस् – १६ बट्टा, तिलको स्वाँ ८ ग्यालेन र चुईगम-३२ बट्टा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।