बालिकालाई जन्मिन देऊ

बालिकालाई जन्मिन देऊ
सुन्नुहोस्

जर्मन अर्थशास्त्री सिसमिल्कले देशको आर्थिक एवं राजनीतिक शक्तिका लागि जनसंख्या वृद्धिलाई महत्वपूर्ण ठान्छन् । उनीमात्रै होइन, थोमन रोवर्ट माल्थस, कार सेन्डर्स, डाल्टन अनि रोविन्सले पनि जनसंख्या वृद्धिलाई विकास र शक्तिसँग जोड्छन् । सैद्धान्तिक दृष्टिकोण मात्रै होइन, जनसंख्या कुनै पनि राज्यका लागि निकै महत्वपूर्ण हुन्छ । लैंगिक र उमेरगत रूपमा अनुकूल जनसंख्याले मुलुकलाई अगाडि लैजान्छ । कतिपय सन्दर्भमा जनसंख्या नै विकासको बाधकका रूपमा रहन सक्छ । विकास मानक मानिने नेपालको जनसंख्या भने निरन्तर असन्तुलनमा देखिएको छ । नकारात्मक वृद्धिदरमात्रै होइन, लैंगिक जन्मदरमा देखिएको गहिरो खाडलले दीर्घकालमा ठूलो जोखिम निम्त्याउँछ । भूगोलगत असन्तुलनले देशको उत्पादकत्व निकै भइरहेको सत्य त छिप्ने विषय नै रहेन ।

२०७८ को जनगणनाले समग्रमा पुरुषको तुलनामा महिलाको संख्या ६ लाख बढी छ । तर उमेरगत हेर्दा आगामी कर्णधार मानिने पुस्तामा असमान लैंगिकता देखिन्छ । तथ्यले बोल्छ, ‘अब छोरीलाई जन्मिन देऊ’ भन्ने अभियान मात्रै होइन, ‘सन्तान वृद्धिको नीतिसमेत ल्याऊ ।’ ‘दुई सन्तान ईश्वरका वरदान’, ‘सानो परिवार सुखी परिवार’ भन्ने अभियान खुबै चल्यो । परिवार नियोजनका लागि अनेकन अभियान चलाइए । लुम्बिनी र कर्णाली प्रदेश बाहेकका ५ प्रदेशमा बालिकाको संख्या कम छ । यसको अर्काे कारकतत्व हो, परिवार नियोजनसँगै भित्रिएको गर्भपतन सेवा । यसले लिंग पहिचान गरेर गर्भपतन गर्नेको संख्या बढाएको छ । २०७८ को तथ्यांकले दस वर्षपछिको जनशक्तिको अवस्थालाई चित्रण गर्छ, युवाको घरजम हुनेमै चुनौति देखिन्छ । जतिबेला मुलुक वृद्धवृद्धाले भरिएको हुनेछ । हालकै रूपमा युवा विदेश जानेक्रम रोकिएन भने करिब–करिब रित्तै हुने अवस्था आउँछ । किनभने १० वर्ष अघिभन्दा अहिले १८ लाख बालबालिकाको संख्या कम छ ।

नेपालका ग्रामीण क्षेत्रमा भन्दा सहरमा बालिका कम छन्, उसो त बालबालिकाको जनसंख्या पनि सहरी क्षेत्रमै कम छ । स्वास्थ्य, शिक्षा र रोजगारीमा देखिएको निराशाले पनि जनसंख्या वृद्धिमा नकारात्मक प्रभाव पारेको छ । महंगो शिक्षाका कारण सकेसम्म दुईभन्दा बढी सन्तानको जोखिम लिनै नचाहने समाजिक मानसिकता विकास भएको छ । त्यसैले पछिल्लो दस वर्षको जनसंख्यालाई गहिरो अध्ययन गरेर सरकारले नीति बनाउनुपर्छ । सरकारले शिक्षा र स्वास्थ्यमा नागरिकको कम लगानी हुनेगरी सुखी परिवारसहितको जनसंख्या वृद्धिको अभियान चलाउनुपर्छ । बालिकाको जन्मलाई रोक्नु हँुदैन । अप्राकृतिक गर्भपतन रोक्न कडाइ गर्नुपर्छ । सन्तान जन्माउनेलाई प्रोत्साहनको नीति अँगाल्नुपर्छ । अहिले नै जनसंख्याको असन्तुलनलाई व्यवस्थापन गर्ने योजना अगाडि सारिएन भने मुलुकले आगामी दस वर्षपछि अर्काे क्षति भोग्नुको विकल्प छैन । त्यसैले बालबालिका र त्यसमाथि बालिकालाई कमसेकम जन्मिन देऊ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.