विद्युत महसुल नबढ्ने भएपछि ३ महिनापछि खुल्यो ताला

विद्युत महसुल नबढ्ने भएपछि ३ महिनापछि खुल्यो ताला
सुन्नुहोस्

स्याङ्जा : बुटवल पावर कम्पनी (बीपीसी) को स्याङ्जा स्थित आँधीखोला विद्युत वितरण केन्द्रको लेखा शाखामा लगाइएको ताला ३ महिनापछि खोलिएको छ।

विद्युत नियमन आयोगले जेठ महिनामा बढाइएको मूल्य तत्काल कार्यान्वयन नगर्न भनि पत्राचार गरेपछि केन्द्रमा लगाइएको ताला स्थानीय उपभोक्ताले नै खोली दिएका हुन्। महसुल वृद्धिको विरोधमा मिटर रिडिङमा रोक लगाउनकै लागि तालाबन्दी गरेका हुन।

बीपीसी र स्थानीयबीच भएका विभिन्न सम्झौता बेवास्ता गर्दै आएको र एकतर्फी रूपमा  विद्युत महसुल वृद्धि गर्ने निर्णय गरेकाले उपभोक्ताहरू जेठ महिनादेखि आन्दोलित थिए। आन्दोलित स्याङजा र पाल्पाका स्थानीय उपभोक्ताले मूल्यबृद्धिको विरोध गर्दै जेठ २२ गते केन्द्रमा तालाबन्दी गरेका थिए। 

गल्याङ नगरपालिका-३ मा स्थित आधिखोला जलविद्युत केन्द्रले ४५ देखि ७५ प्रतिशतसम्म विद्युत महसुल वृद्धि गर्ने निर्णय गरेको थियो। जसका विरुद्धमा विद्युत उपभोक्ताले स्याङ्जा र केन्द्रमा समेत मूल्य वृद्धिको पुनरावलोकन गर्न माग गर्दै विद्युत नियमन आयोग, उर्जा मन्त्रालय हुँदै प्रधानमन्त्री केपी ओलीसम्मको ध्यानाकर्षण गराएका थिए। 

स्थानीय उपभोक्तामा मागलाई विद्युत नियमन आयोगले मनन गर्दै बीपीसीलाई विद्युत महसुल वृद्धि गर्न दिएको अनुमति तत्काललाई कार्यान्वयन गर्न रोक लगाएपछि आन्दोलनका सबै प्रक्रिया टुंग्याइएको संघर्ष समितिका संयोजक श्याम बस्यालले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.