बीमाको दायरा कम्तिमा ५ लाख बनाउँछौं : स्वास्थ्यमन्त्री पौडेल

बीमाको दायरा कम्तिमा ५ लाख बनाउँछौं : स्वास्थ्यमन्त्री पौडेल
तस्बिर : रासस
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तिमा ५ लाख बनाउने गरी बीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका छन्। आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बीमाको दायरा कम्तिमा ५ लाख बनाउने, अन्य क्षेत्रलाई समेत स्वास्थ्य बीमामा समेट्नका लागि नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका हुन्। 

बीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी रियल टायम दावी प्रविष्टिका लागि सबै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने उनले बताए। मन्त्री पौडेलले अहिले बागमती र लुम्बिनीमा मात्रै क्यान्सर उपचार सेवा सञ्चालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने, मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने योजना रहेको बताए। उनले सबै कार्ययोजनाको आवश्यक पूर्वाधारको योजनासहित कार्ययोजना तयार रहेको दाबी गरे।

त्यस्तै औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने, सम्पूर्ण मेडिकल डिस्पोजेबल, इम्प्लान्ट तथा उपकरणहरुको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने लगायतका कार्ययोजना समेत उनले सार्वजनिक गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.