कांग्रेसले नाम दिने बित्तिकै सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

कांग्रेसले नाम दिने बित्तिकै सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर।
सुन्नुहोस्

मुख्यमन्त्री कार्कीले एक साताभित्र प्रदेश सभाको बैठक आव्हान गरिने बताए।

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसले नाम दिने बित्तिकै कोशी प्रदेश सरकार विस्तार गरिने बताएका छन्।आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकारसँगको भेटमा मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयहरुको संख्या ९ बाट नबढाइने समेत बताए ।

उनले प्रदेश संरचनालाई स्थापित गर्ने र प्रदेश चाहिन्छ भन्ने मान्यता प्रति विश्वास दिलाउने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए । प्रदेश सरकारले चालू आर्थिक वर्षा चिया सम्मेलन, पर्यटन सम्मेलन र लगानी सम्मेलन आयोजना गरेर प्रदेशको आर्थिक गतिविधि बढाउने गरी कार्यक्रम ल्याउन लागेको उनले बताए।

मुख्यमन्त्री कार्कीले एक साताभित्र प्रदेश सभाको बैठक आव्हान गरिने बताउँदै दशैं अगाडिसम्म ६/७ वटा विधेयकहरु पारित गर्ने योजना रहेको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.