प्रतिबन्धित नोटसहित कारमा सवार दुई भारतीय पक्राउ

प्रतिबन्धित नोटसहित कारमा सवार दुई भारतीय पक्राउ
सुन्नुहोस्

झापा : झापाको कचनकवलमा सशस्त्र प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित कारमा सवारमा दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले आइतबार दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल प्रवेश गरेका डब्लुबी ७४ बिएच १६४३ नम्बरको इनोभा कारलाई कचनकवल सीमा क्षेत्रमा रोकेर चेकजाँच गरेका थिए। सशस्त्रले कारबाट प्रतिबन्धित भारतीय नोट २ लाख ४ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो। 

भारतीय नोटसहित  कारमा सवारमा बिहार राज्य किशनगन्ज जिल्ला तात्पुवा ग्राम पञ्चायत ७ बेलायतिबारीका ३२ को वर्षीय महोमद शमिम अख्तर र तात्पुवा ग्राम पञ्चायत ८ कादोगाँउका ३६ वर्षीय परेश कुमार सिंहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका डीएसपी तथा सूचना अधिकारी उपरीक्षक सुमन पोखरेलले जानकारी दिए। 

सशस्त्रले अख्तरको साथबाट ५ सय दरको ३ सय थान र सिंहको साथबाट ५ सय दरको १०९ थान भारतीय नोट फेला पारेको थियो। उनीहरूलाई नगद, तीन थान मोबाइल र कारसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको डीएसपी पोखरेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.