भारतीय विदेश सचिव विक्रम मिस्रीले गरे पशुपतिनाथको दर्शन
काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका विदेश सचिव मिस्रीले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।
मिस्रीलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापा लगायतका पदाधिकारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गरेका थिए । आइतबार नेपाल आएका सचिव मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री,विभिन्न दलका नेताहरूसँग भेटवार्ता गरेका छन्।
परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा विदेश सचिव मिश्री आइतबार काठमाडौं आएका हुन्। उनलाई स्वागत गर्न परराष्ट्र सचिव लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
विदेश सचिव मिश्री दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्कने कार्यातालिका छ।