नेपाल इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
सुन्नुहोस्

काठमाडौं : नेपाल पावर,लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। भाद्र २१ देखि २३ गतेसम्म भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुन लागेको हो। मिडिया स्पेस सोलुसन्स,फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जिविसन एण्ड ट्रेड सर्भिसेस  इण्डिया प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहनेछन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री,उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री,वायर,केबुल एवं कण्डक्टर,अत्याधुनिक प्रकारका स्वीचहरू,एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने कम्पनीले जनाएको  छ।

विद्युतीय उपकरणहरूलाई  प्रवर्द्धन तथा प्रोत्साहन गर्ने,विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तराष्ट्रिय प्रदर्शनीबाट ग्राहकहरूले विभिन्न कम्पनीका विद्युतीय सामानहरू एकै ठाउँमा अवलोकन गर्न र खरिद गर्न पाउनेछन्।  

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरूबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी गराउन सहयोग पुग्ने यो संस्करणको उद्देश्य रहेको कम्पनीले जनाएको छ।

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स,पावर,लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरू प्रदर्शनी,सम्मेलन र साझेदारीलाई प्राथमिकतामा राखेको छ। यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आवद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने,सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.