टीआरसीमा धेरै देशको चासो छ, यही अधिवेशनमा पारित गर्छौं : प्रधानमन्त्री

टीआरसीमा धेरै देशको चासो छ, यही अधिवेशनमा पारित गर्छौं : प्रधानमन्त्री

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका छन्।

मंगलबार महान्यायधीवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विषय (टीआरसी)मा विभिन्न देशले चासो व्यक्त गरिरहेको भन्दै सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताए। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा पेस भएको भन्दै प्रधानमन्त्री ओलीले यही अधिवेशनबाट पारित गर्ने बताए।

उनले उक्त विधेयक पीडितमैत्री र पीडित केन्द्रित भएर बनाइएको भन्दै कोशेढुंगाको रूपमा पारित हुने बताए। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्य मान्यता ताड्ने प्रयास भइरहेको बताए।

उनले वर्तमान सरकारले देशविरोधी काम नगर्ने र विकासको कामलाई सकारात्मक ढंगले अघि बढाउने उल्लेख गरे। उनले अहिलेको सरकारले आलोचना गर्ने ठाउँ नदिने गरी काम गर्नेसमेत बताए।

प्रधानमन्त्री ओलीले यसअघि सरकारमा रँहदा गरेका कामहरू गौरवबोध गर्ने प्रकारकै रहेको दाबी गरे। उनले अहिले फोटो टास्नका लागि नभई सकारात्मक काम गर्नका लागि प्रधानमन्त्री पद सम्हालेको पनि बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.