नेपालमा पर्यटक प्रवर्दनसँगै नेपाली उत्पादन चिनाउन नायगरा फल्समा प्रदर्शनी

नेपालमा पर्यटक प्रवर्दनसँगै नेपाली उत्पादन चिनाउन नायगरा फल्समा प्रदर्शनी
सुन्नुहोस्

अमेरिका : नेपालमा पर्यटक प्रवर्दन गराउन नेपालको उत्पादनलाई अमेरिकाको नायगरा फल्समा प्रदर्शनी गरिएको छ। हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरको आयोजनामा  नायगरा फल्स प्रदर्शनी कार्यक्रम गरिएको हो।

हामी नेपाली ग्लोबल अमेरिका च्यापटरको सभापति शोभाकान्त पाण्डेको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा हामी नेपाली ग्लोबलको केन्द्रीय सभापति अमृत लामाले संसारको जुनसुकै ठाउँमा भएपनि नेपाल र नेपालीलाई चिनाउनु र आफ्नो जन्मभूमि प्रवर्द्धनका लागि सबैको महत्वपूर्ण भूमिका रहनुपर्ने बताए। प्रदर्शनीमा न्युयोर्क बफेलोका मेयर रोबर्ट रेस्टैनो, बफेलोका अमेरिकन समाजसेवी केभिन योङ्गको पनि उपस्थिति रहेको थियो।

मेयर रोबेर्ट रेस्टतिनोले फल्समा आएर यसरी कार्यक्रम गरेकोमा सबैलाई धन्यवाद दिँदै कार्यक्रम सफलताको शुभकामना दिए। साथै हामी नेपाली ग्लोबलको न्युर्योक च्याप्टरका सभापति बिरेन्द्रजंग केसी, अमेरिका च्याप्टरको महासचिव सूर्य सिम्खडा, निगर फल व्यवसाय केबेन योङ्ग, कार्यक्रमको टाइटल स्पोन्सर सूर्य महर्जन कलाकार अमेरिकाको प्रेसिडेन्ट वसन्ती राई जनजाति महासंद्ध फिप्नाका महिला उपाध्यक्ष तथा युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्युयोर्क च्याप्टरको सभापति ममता खालिंग राई र विभिन्न संस्थाको विशेष व्यक्तित्वको उपस्थिति थियो।

कार्यक्रमा उपस्थितिलाई भावना सिम खड्काले खादा ओढाएर सम्मान गर्नुका साथै ममता खालिंग राईले फुलको गुच्छासहित स्वागत गरेकी थिइन्। त्यसैगरी कार्यक्रमका संयोजक तथा हामी नेपाली ग्लोबलका प्रवक्ता केशव राम राईले स्वागत मन्तव्य दिएका थिए भने प्रेसिडेन्ट कलेज पोइन्ट सिभिक एण्ड ट्याक्सपेयर एसोसियसन, एशिसन एड्भाजरी काउन्सिल फर न्युर्योक मेयर इरिक आडम्स तथा हामी नेपाली ग्लोबल सेन्ट्रलका उपाध्यक्ष नवराज केसीले कार्यक्रमको सञ्चालन गरेका थिए।

कार्यक्रममा सभापति पाण्डेले कार्यक्रम सफल बनाउन स्पोन्सरहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै सबैलाई धन्यवाद दिँदै कार्यक्रम टाइटल स्पोन्सर क्विन डायमण्ड सञ्चालक समिर महर्जन र सूर्य महर्जनलाई धन्यवाद ज्ञापन गर्दै कानुन व्यवसायी केशवराज सेढाईले पनि विशेष सहयोग गरेको जानकारी दिए।

कार्यक्रम सफल हुनुमा विशेष गरि हामी नेपाली ग्लोबलका बिजिनेस डाइरेक्टर शेर्सा एलएल शेषराज खतिवडा साथमा टेष्ट अफ नेपाल रेष्टुरेण्ट सञ्चालन टेक भट्टराई, लिला भट्टराई र मिस्टी डग ग्रिल रेष्टुरेण्ट सञ्चालन खोका बाबाले विशेष सहयोग गरेकोमा धन्यवाद दिए। साथै नायगरा फल्सकै व्यवसाय रघु भट्टराई र लोकनाथ अधिकारीको विशेष सहयोग रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.