हङकङमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस

हङकङमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस
सुन्नुहोस्

हङकङ : हङकङमा ३०औ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस धुमधामका साथ मनाइएको छ । ब्लुओसन रेष्टुरेन्टको सभाहलमा आयोजना गरिएको कार्यक्रममा महासंघमा आबद्ध ११ सदस्यीय संस्थाहरु हङकङ तामाङ घेदुँङ, मगर संघ हङकङ, किरात यायोक्खा, किरात याक्थुम चुम्लुङ, किरात याक्खा छुम्मा, नेवार समाज, दुरा समाज, थकाली समाज, शेर्पा किडुक, सुनुवार समाज, तमु ट्यो ह्युल हङकङले आफ्नो जातीय झाँकी र नृत्य प्रदर्शन गरेका थिए । 

नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष राज नेगी तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हङकङ मकाउ महावाणिज्यदूत उदयबहादुर राना मगर, विभिन्न संघसंस्थाहरूका प्रतिनिधि, व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संयुक्त राष्ट्रसंघको 
अधिवेशनबाट प्राप्त आदिवासीहरुको आत्मनिर्णयको हक र अधिकार सुनिश्चितताका लागि नेपाल सरकारलाई अपिल, नेपालको संविधान २०७२मा

उल्लेखित समानुपातिक समावेशितालाई संस्थागत र प्रभावकारी बनाउनका लागि समावेशी आयोगलाई स्वतन्त्र निकाय घोषित गरौं भन्ने मागसमेत प्रस्तुत गरियो ।

यस वर्षको हङकङ नेपाली आदिवासी ‘वर्ष नारी’ मगर संघ हङकङको अध्यक्ष बिनु थापा र आदिवासी ‘वर्ष पुरुष’ फोटो पत्रकार अम्बु गुरुङलाई प्रदान गरियो । कार्यक्रमलाई महासंघका महासचिव तिलक सोेमे मगरले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.