थाइल्याण्डका प्रधानमन्त्री बर्खास्त
बैंकक : थाइल्याण्डका प्रधानमन्त्रीलाई बर्खास्त गरिएको छ। त्यहाँको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने काम गरेको भन्दै बर्खास्त गरेको हो।
अदालतको आदेशपछि पदमुक्त भएका फेउ थाई पार्टीका नेतासमेत रहेका थाभिसिनले अदालतको फैसलाको सम्मान गर्ने बताए। बुधबार मिडियाँसँग कुरा गर्दै उनले नैतिक नियम उल्लङ्घन गरेको स्वीकारेका थिए।
'म अदालतको फैसलाको सम्मान गर्छु। विगत एक वर्षदेखि म प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेको छु। मैले इमानदारीका साथ देशको नेतृत्व गर्ने प्रयास गरेको छु,' फैसलापछि उनले भने।
प्रधानमन्त्री थाभिसिनले फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेपछि उक्त विषयमा अदालतमा पुगेको थियो। भ्रष्टाचारसम्बन्धी कसूरमा ६ महिना जेल सजाय सुनाइएका पिचित चुएनबानलाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गरेका थिए।