प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु
सुन्नुहोस्

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकसँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ। यस सेवामा आबद्ध बैकहरूका ग्राहकहरूले सञ्जालमा रहेका एठीएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैंकिङ वा कनेक्टआइपीएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ। 

अब दुबै बैंकका ग्राहकहरूले यस सेवाको सुरुवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्नसक्ने भएको छ। हालका लागि ग्राहकहरूले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्मअन्तर्गत कनेक्टआइपीएसमा रजिष्टर गरी आफ्नो लिङ्क गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन्। 

ग्राहकले कनेक्टआइपिएस मोबाइल एपमा लग इन गरी कार्डलेस विड्रअल अप्सनमा क्लिक गरी निष्कासन गर्ने बैंक खाता छनौट गर्नुपर्छ। यसपश्चात् कनेक्टआइपीएसमा रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त भएको ओटीपीलाई सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटीएममा उक्त इत्ए प्रयोग गरी नगद झिक्न सकिनेछ। हालः यो सेवा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा उपलब्ध रहेको छ भने सो सेवा चरणबद्ध रुपमा थप अन्य सदस्य बैंक वित्तीय संस्थाहरूमा पनि विस्तार गरिने योजना छ। 

अहिले बैंकका ग्राहकहरूले कार्डलेस विड्रअल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था रहेकोमा यस नयाँ सुविधाजनक सेवाको सुरुवात पश्चात् ग्राहकहरुले सजिलै अर्को बैंकको एटीएमबाट समेत बिना कार्ड नगद निकाल्न सक्ने व्यवस्था भएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.