यातायात कार्यालय एकान्तकुनाका कप्युटर अधिकृत रेग्मीविरुद्ध भष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात कार्यालय एकान्तकुनाका एकजना कम्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत अधिकृत बासुदेव रेग्मीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता नरहरी घिमिरेले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्याइ नवीकरण गराइ घुस लिएको पुष्टि हुन आएकाले रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए।
सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा वर्ग बी थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिस्टमा निज पास भएको तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिष्ट्रेसन सिस्टमको एक्जाम स्टाटसमा निज फेल भएको र उक्त विवरण सच्याउनका लागि रेग्मीले २० हजार घुस लिएको पुष्टि हुन आएको आयोगको दावी छ।
रेग्मीविरुद्ध २० हजार विगो मागसहित सोही बमोजिम जरिवाना सजायसमेत अख्तियारले माग गरेको छ।