साफ यू २० च्याम्पियनसिपको तयारी पूरा

साफ यू २० च्याम्पियनसिपको तयारी पूरा
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपका खेलहरू सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा हुने जनाएको छ। 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार भाद्र २ गते देखि १२ गतेसम्म हुने साफ यू २० च्याम्पियनसिपको तयारी पूरा भएको र खेलहरू एन्फा कम्प्लेक्समा हुने जनाएको हो। 

एन्फाका प्रवक्ता सुरेश शाहले सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा गर्ने तयारी गरेपनि रंगशालाको अवस्थाका कारण कठिन भएको उनले बताए। म्याच कमिस्नरले निरीक्षणपछि मात्रै सेमिफाइनल र फाइनल खेलहरू दशरथ रंगशाला हुने वा नहुने टुङ्गो लाग्ने उनले बताए। 

उनले अहिलेका लागि रंगशालाको विकल्पमा रुपमा एन्फा कम्प्लेक्सलाई स्वीकृत गराइएको जानकारी दिए। प्रवक्ता शाहले रंगशालाको मर्मत सम्भार राम्रोसंग नभएकाले अहिलेको अवस्था आएको उल्लेख गर्नुभयो। 

यू २० च्याम्पियनसिपमा सहभागी हुने ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्। 

नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको अनुमानित बजेट ३ करोड १० लाख ५३ हजार ९ सय रुपैयाँ रहेको एन्फाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.