पञ्चैबाजा, महिलाको पेसा

पञ्चैबाजा, महिलाको पेसा

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा महिलाहरूले व्यावसायिक रूपमा पञ्चैबाजा बजाउन सुरु गरेका छन्। गाउँघरमा पञ्चैबाजा केही समुदायका पुरुषहरूले मात्र बजाउनुपर्छ भन्ने परम्परागत मान्यतालाई चिर्दै सन्धिखर्क–१२ डिभर्नाका महिलाले नौमती बाजालाई पेसाको रूपमा अगाडि बढाउन लागेका हुन्। 

महिलाहरूलाई पन्चैबाजा बजाउन तालिम प्रदान गरेपछि उनीहरू व्यावसायिक रूपमा अगाडि बढेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। डिभर्नामा महिलाहरूले १४ जनाको समूह बनाएर कला संस्कृति संरक्षणसँगै आयआर्जन गर्ने कार्यमा जुटेका छन्। नौमती बाजा बजाउने तालिममा नेवार, परियार, विक सहभागी छन्। समुदायका केही व्यक्तिले महिलाहरूले पनि बाजा बजाउन जाने भनेर हेप्ने गरे पनि आफूहरू निरन्तर लाग्ने तालिममा सहभागी पार्वता श्रेष्ठले बताइन्। सबै दिदीबहिनीहरू व्यावसायिक रूपमा अगाडि बढ्न प्रतिबद्ध भएको उनको भनाइ छ। 

लोप हुँदै गएको कला संस्कृति संरक्षण गर्न तालिमसँगै डिभर्नाका महिलाहरू सिर्जनशील बाजा समूह नै स्थापना गरेर बाजा बजाउन अगाडि बढेको नगर उपप्रमुख मि श्रा आचार्यले बताइन्। महिलाहरूले पञ्चैबाजा बजाउन थालेपछि व्यावसायिक रूपमा फाइदा पुग्ने र आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको नगर उपप्रमुख आचार्यको भनाइ छ। 

शुभकार्य गर्दा बज्ने पन्चैबाजा पछिल्लो समय बिस्तारै बज्न छाडेका छन्। पाका पुस्तामा भएको सीप युवा पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने चिन्ता बढेको छ। सिकेको सीपलाई निरन्तरता दिँदै आयआर्जनको बाटोमा लाग्नुपर्ने सन्धिखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले बताइन्। 

अर्घाखाँचीको सन्धिखर्क–६नरपानीमा महिलाहरूको पन्चैबाजा बजाउने दुई समूह रहेका छन्। मालारानी गाउँपालिकाको हंशपुरमा एक समूह रहेको छ। उनीहरू पनि व्यावसायिक रूपमा अगाडि बढेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.