अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नाडा अटो शो २०२४ मा सार्वजनिक
काठमाडौं : भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कूटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रालिले नाडा अटो शो २०२४ मा बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस् ६ एफ आई स्कूटर लञ्च गरेको छ। जसको मूल्य ३ लाख २४ हजार ९०० निर्धारण गरिएको छ।
अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफ् आई स्कूटर नेपाली बजारमा १२५ सीसी प्रिमियम स्कूटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कूटरहरू एक हो। युवावर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो स्कूटरको नयाँ भेरिएण्टमा केही अपडेटहरू पनि गरिएको छ। जसले यसलाई अझ शार्प र स्पोर्टी बनाएको छ।
यस स्कूटरमा अब २२० एममको भेन्टिलेटेड डिस्क ब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ। जसमा कम्बी ब्रेकिङ सिस्टमलाई स्ट्याण्डर्डको रूपमा राखिएको छ। यसले स्कूटरको नियन्त्रण र सुरक्षालाई अझ उत्कृष्ट बनाउँछ। साथै यस स्कुटरमा सेमी डिजिटल इन्स्टुमेन्ट क्लस्टर राखिएको छ।
जसले एकै नजरमा आवश्यक सबै जानकारी प्रदान गर्दछ। यसको अपडेट गरिएको बडी ग्राफिक्स र रंगहरुले यसलाई थप आकर्षक बनाएको छ। ठूलो १२-इन्चको एल्लोय ह्वील्स र टेलिस्कोपिक फ्रन्ट फोक्स, साथै पछाडिको मोनोशकले स्कूटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ।
डेल्टा अटोकोर्प प्रालिका निर्देशक तथा सीईओ विजय कुमार महतोले भने, ‘हामी हाम्रो स्पोर्टी अप्रिलिया ब्राण्डमार्फत नयाँ उत्पादनहरू प्रस्तुत गर्न पाउँदा खुशी भएका छौं। प्रिमियम इटालियन ब्राण्डहरू मार्फत, हाम्रा उपभोक्ताहरूको अनुभवलाई अझ स्मरणीय बनाउँने हाम्रो प्रतिबद्धता रहेको छ। नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई ले रोमाञ्चक सवारी प्रदर्शनलाई पूरा गर्न हाम्रो प्रविधि प्लेटफर्मलाई थप मजबुत बनाउँदै बजारमा नयाँ मापदण्डहरू सेट गरेको छ।’
लन्चको साथमा, डेल्टा अटोकोर्प प्रालिले नाडा अटो शो २०२४ का लागि ‘सेभिड्स एक्स्ट्राभागेन्जा स्किम’ को घोषणा गरेको छ। यो स्किममा अप्रिलिया वा भेस्पा स्कूटर बुक गर्ने ग्राहकहरूले १५ हजारदेखि ७५ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन्।
साथै शोको समयमा बुक गर्ने ग्राहकहरूले Honor 200 वा Honor 200 Pro मोबाइल फोनको खरिदमा ५% छुटको विशेष अफर पनि पाउन सक्नेछन्।
अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कूटरले यसको स्टाइल, प्रदर्शन र अत्याधुनिक सुविधाहरूको संयोजनले सवारी अनुभवलाई माथि उठाउँदै नेपालमा १२५ सीसी प्रिमियम स्कूटर वर्गमा आफ्नो अग्रणी स्थानलाई अझ सुदृढ गर्नेछ।