कर्णालीको रंगशाला अनुगमन गरेपछि प्रचण्डले भने : आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको छ

कर्णालीको रंगशाला अनुगमन गरेपछि प्रचण्डले भने : आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको छ
सुन्नुहोस्

सुर्खेत : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि प्रचण्डले निर्धारित समयमै खेल हुनुपर्ने बताएका हुन्।

‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’उनले भने,‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’ 

उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। ‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिब करिब सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो।’ 

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्याधिक सदुपयोग गर्नुपर्ने बताए। लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी पनि उनले गरे। आफू तीन पटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिंदै आएको पनि उनले स्पष्ट गरे। 

 कर्णाली प्रदेशमा तय भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने कि नहुने भन्ने अन्योलता बढेको छ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पूर्वनिर्धारित मितिमा नै राष्ट्रिय खेलकुदको १०औं संस्करण आयोजना गर्न सम्भव नभएको बताएका छन्।  उनले प्रतियोगिताका लागि आवश्यक तयारी भइनसकेको र बाँकी रहेको समय पनि तयारीका लागि पर्याप्त नभएको भन्दै पूर्वनिर्धारित समयभन्दा केही पर सर्ने जानकारी दिएका थिए।  

यसैबीच अध्यक्ष प्रचण्डले पेरिस पारा–ओलम्पिकमा ऐतिहासिक कास्य पदक जित्ने पलेशा गोबर्धन लगायत खेल पदाधिकारीलाई बधाई तथा शुभकामना पनि व्यक्त गरे। सुर्खेत रंगशाला अनुगमनपछि उनले यो ऐतिहासिक जीत नेपालको गौरवको विषय भएको बताए।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। संघले राष्ट्रिय खेलकुदका विषयमा खेलाडी र खेलकर्मीलाई प्रष्ट जानकारी दिन सरकारलाई आग्रह गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.