कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न कांग्रेस सांसद साउदको माग

कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न कांग्रेस सांसद साउदको माग
सुन्नुहोस्

काठमाडौं : कांग्रेस सांसद एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्न माग गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद साउदले न्यायिक आयोग गठन गरेर तत्काल समस्या समाधान गर्न माग गरेका हुन्। 

साउदकाअनुसार कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका लागि किसानहरूको जग्गा सरकारले लिएको ४० वर्ष भइसकेको छ। ४० वर्षमा ३२ वटा आयोग गठन गरेर करोडौं रकम खर्च भइसक्दा पनि समस्या समाधान हुन सकेको छैन। 

'वन्यजन्तुको वर्षायाममा चुरेसम्म विचरणको लागि करिडोर विस्तार गर्न सरकारले जग्गा लिएको हुनाले उक्त जग्गाको सट्टा भर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रूखमुनी बास बसेका छन्,' उनले भने। 

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको आयोगले आरक्ष पीडितको संख्या यकिन गरि राहतको लागि सडकदेखि दूरी हेरी १ देखि ५ कठ्ठा जग्गा वा ५ लाख रकम उपलब्ध गराउने सिफारिस गरेको उल्लेख गर्दै साउदले तर उक्त जग्गा र राहत रकम कम भएकाले बढाउनुपर्ने माग राखेर आरक्ष पीडित आज पनि आन्दोलनमा रहेको सदनलाई जानकारी गराए। 

'म नेपाल सरकारलाई पूर्व न्यायाधीशको अध्यक्षतामा गैरराजनीतिक आयोग गठन गरेर पीडितमैत्री किसिमले यो समस्या तत्काल समाधान गर्न जोडदार माग गर्दछु,' उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.