कुल गार्हस्थ्य उत्पादनमा २४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । ६२ प्रतिशत जनसंख्या आबद्ध भएको कृषि क्षेत्र आर्थिक समृद्धि हासिल गर्ने मूल आधार हो । गुल्मी जिल्लामा वार्षिक ९१ करोड ७८ लाख ३२ हजारभन्दा बढीको कृषिउपज उत्पादन भइरहेको छ ।
४० करोडभन्दा बढीको कृषिउपज जिल्ला बाहिर निर्यात हुन्छ । कृषिका लागि आवश्यक पर्ने श्रमशक्तिका रूपमा रहेको युवा जनशक्ति अन्य क्षेत्र तथा वैदेशिक रोजगारीमा संलग्न रहेका कारण यस क्षेत्रको उत्पादकत्वमा ह्रास आएको छ ।
तीव्र बसाइँसराइ र जग्गा बाँझो राख्ने प्रवृत्ति, बढ्दो वन्यजन्तुको प्रकोप तथा सीमित स्रोत–साधन, कृषि ऋण, बिमा, प्रविधि, ज्ञानको प्रयोगलाई तादम्यता मिलाउनुपर्छ । कृषि क्षेत्रको उत्पादनलागत कम गर्नु, कृषि उपजको बजार सुनिश्चितता गराउनु प्रमुख चुनौतीका रूपमा छन् ।
कृषकको वर्गीकरण गरी परिचयपत्रका आधारमा वित्तीय उत्प्रेरणा, उत्पादनमा आधारित प्रोत्साहन तथा सामाजिक संरक्षणका कार्यक्रम लागू गर्नुपर्छ । विदेशबाट फर्किएका युवाहरूको पहिचान गरी कृषि व्यवसायमा आकर्षित गराउन विभिन्न कार्यक्रम लागू गर्नुपर्छ ।
(भण्डारी कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख हुन् ।)