नेपाल आजबाट फेम्बोसाको अध्यक्ष

नेपाल आजबाट फेम्बोसाको अध्यक्ष

काठमाडौं : दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को अध्यक्षता आजबाट नेपालले पाएको छ। फेम्बोसाको १२ औँ सम्मेलनको  उद्घाटनसत्रमा आज भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरेका हुन्। 

उद्घाटनसत्रका अवसरमा मञ्चका अध्यक्ष सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन्। सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्धा : जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसार्ईँसराई’ केन्द्रित भई छलफल हुनेछ। १२ औँ सम्मेलनको आज उद्घाटनसत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।

११ औँ सम्मेलन दुई वर्षअघि भूटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.