लिट्म केबल्सले ल्यायो वायरिङ दमदार,घर शानदार योजना

लिट्म केबल्सले ल्यायो वायरिङ दमदार,घर शानदार योजना
सुन्नुहोस्

काठमाडौं : लिटमस केबल्सले नजिकिंदै गइरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी 'वाइरिङ दमदार, घर शानदार' योजना ल्याएको छ । 

यो योजनाअन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइस कुकर, ब्याग प्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार मूल्य बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिंग गरेको घरको फोटो,ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा ह्वाट्सएप गरी पठाउनुपर्ने कम्पनीले जनाएको छ ।  

यसका साथै, बम्पर लक्की ड्र मार्फत् सहभागीहरूले टीभी, वासिङ्ग मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोनजस्ता आकर्षक उपहार पनि जित्न सक्ने छन् । यो योजना भदौ १५ देखि असोज ३० सम्म लागु हुने कम्पनीले जनाएको छ । 

लिट्मस इण्डस्ट्रिज लिमिटेड, रमेश कर्पअन्तर्गत संस्था, र नेपालको अग्रणी केबल निर्माता,जसले २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । सन् २०१४ देखि लिट्मस इन्डष्ट्रिज लिमिटेडले नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आएको छ । 

लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायले प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तर प्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.