दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री

दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री
सुन्नुहोस्

महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । बिहीबार महेन्द्रनगरमा भएको पत्रकार सम्ममेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताएका हुन्।

उनले भने,‘यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ।’ कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । 

उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताए। ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।’उनले भने,‘निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ ।’

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । ‘दुई/तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।’ गृहमन्त्री लेखकले भने,‘छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।’  

उनले संसदमा भएका दुई ठूला दलहरुबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे। उनले भने,‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.