अन्नपूर्ण मिडिया नेटवर्क र भारतको बेनेट कोलम्यान(टाइम्स अफ इन्डिया ग्रुप)सँग सहकार्य

अन्नपूर्ण मिडिया नेटवर्क र भारतको बेनेट कोलम्यान(टाइम्स अफ इन्डिया ग्रुप)सँग सहकार्य
सुन्नुहोस्

काठमाडौं : विज्ञापन मार्केटलाई चलायमान बनाउन अन्नपूर्ण मिडिया नेटवर्क र भारतको ठूलो मिडिया कम्पनी बेनेट कोलम्यान(टाइम्स ग्रुप)सँग सहकार्य भएको छ। 

शुक्रबार भएको एक समारोहबीच उक्त सहकार्य सम्झौता भएको हो। सम्झौता पत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र बेनेट कोलम्यान एण्ड कम्पनी लिमिटेड(टाइम्स अफ इन्डिया ग्रुप)की इन्टरनेशन सेल्स हेड श्वेता अरोराले हस्ताक्षर गरे।

सम्झौता अनुसार इन्टरनेशनल विज्ञापनका लागि भारतमा अन्नपूर्ण मिडियाका लागि आधिकारिक प्रतिनिधिका रूपमा टाइम्स अफ इन्डिया ग्रुपले र नेपालमा टाइम्स अफ इन्डिया ग्रुपका लागि अन्नपूर्ण मिडिया नेटवर्क आधिकारिक प्रतिनिधिका रूपमा सहकार्य गर्नेछन्।

‘इन्टरनेशन रूपमा विज्ञापन बजारमा चलायमान गराउन यो सहकार्यले अतुलनीय भूमिका खेल्नेछ’, अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले भने ‘भारतकै सबै भन्दा ठूलो एवं नम्बर वान व्यावसायिक रूपमा पूर्ण सफल रहेको टाइम्स अफ इन्डिया ग्रुपसँग यो सहकार्य गर्न पाउँदा खुसी लागेको छ।’ यो सहकार्यले विज्ञापन बजारलाई चलायमान गराउन सघाउ पुग्ने उनले दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.