निजामती सेवा दिवस

सरकारले यस वर्ष पनि छनोट गरेन सर्वोत्कृष्ट कर्मचारी, ४० जना निजामती कर्मचारी पुरस्कृत (सूचीसहित)

सरकारले यस वर्ष पनि छनोट गरेन सर्वोत्कृष्ट कर्मचारी, ४० जना निजामती कर्मचारी पुरस्कृत (सूचीसहित)

सरकारले उत्कृष्ट निजामति पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कारका लागि ३० जनालाई दिने निर्णय गरेको छ।

काठमाडौं : सरकारले निजामती पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक गरेको छ। सरकारले निजामती कर्मचारीबाट यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसकेको हो।

निजामती सेवा दिवसको अवसरमा निजामती सेवा नियमावलीमा व्यवस्थामा भएअनुसार सरकारले १ जनालाई २ लाख रुपैयाँसहित सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिँदै आएको थियो। तर सर्वोत्कृष्ट कर्मचारी नै विवादमा पर्न थालेपछि पछिल्लो समय उक्त पुरस्कारका लागि कर्मचारी छनोट हुन सकेका छैनन्।

सरकारले उत्कृष्ट निजामति पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कारका लागि ३० जनालाई दिने निर्णय गरेको छ। १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर के.सी., राजु प्रसाद गुरागाईँ, सागर मिश्र, चूडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई , बुनु राना र निलबहादुर पुर्जा मगर रहेका छन् ।

यसैगरी ५० हजार राशीको निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा ३० जना रहेका छन्। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्ने भएको हो।   

हेर्नुहोस् पुरस्कार पाउने नामावली 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.