लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा
बुटवल : लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ। थारु समुदायको पर्व बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बर्का अट्वारीको शुभकामना दिँदै यस पर्वको विशेष धार्मिक र सांस्कृतिक महत्व भएको बताए । यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको समेत बताए ।
कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ।