मुस्ताङको मार्फा ‘अध्यक्ष कप’ भलिबल च्याम्पियन

मुस्ताङको मार्फा ‘अध्यक्ष कप’ भलिबल च्याम्पियन
सुन्नुहोस्

जोमसोम : मुस्ताङको घरपझोङ-२ मार्फा ‘अध्यक्ष कप’२०८१ को भलिबल च्याम्पियन बनेको छ। आइतबार सम्पन्न खेलमा घरपझोङ-५ ठिनीलाई हराउँदै मार्फा भलिबल प्रतियोगितातर्फ च्याम्पियन बनेको हो।

घरपझोङ गाउँपालिका-५ ठिनीको आयोजना तथा जनमुक्ति युवाक्लव ठिनीको समन्वयमा  प्रथम अध्यक्ष प्रतियोगिता आयोजना गरिएको हो। घरपझोङ गाउँपालिका अन्तर्गत ५ वटै वडाहरुबीच भएको अन्तर वडास्तरीय भलिबल प्रतियोगितामा आयोजक वडा-५ ठिनी उपविजेता बन्यो। 

भलिबलतर्फको अध्यक्ष कप च्याम्पियन बनेको घरपझोङ-२ मार्फाले नगद ५० हजार पुरस्कारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पायो। उपविजेतामै रोकिएको घरपझोङ-५ ठिनीले नगद ३० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो। ५ वडा सहभागी रहेको भलिबल प्रतियोगितामा मार्फाका ब्यानोल बागदास सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद ५ हजार पुरस्कार पाए।

परम्परागत स्थानीय धनुषबाण (तारा) खेल ५० वर्षदेखि माथि उमेर समूहको प्रतियोगितामा घरपझोङ-४ जोमसोमले प्रथम स्थान हासिल गरेको छ। जामसोमले कुल ७ डोरको निर्धारित खेलको ७० पूर्णाङ्कमा  २८ अंकको योगफल जोड्दै प्रथम भएको हो। घरपझोङ-२ स्याङ दोस्रो भएको छ। स्याङले २४ अंक जोड्दै दोस्रो भएको हो। 

प्रतियोगितामा स्याङका आइतलाल थकाली सर्वोत्कृष्ट खेलाडी बने।  स्थानीय तारा खेल अन्तर्गत ४९ वर्ष भन्दा तल्लो उमेर समूहमा भएको प्रतियोगितामा घरपझोङ-५ ठिनी प्रथम भएको छ। कुल ९ डोरको ९० पूर्णाङ्कमा ५३ अंक जोड्दै प्रथम भएको हो। प्रतियोगितामा घरपझोङ-२ जोमसोम दोस्रो भयो। जोमसोमले ५१ अंक बटुलेको थियो। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी कृष्णप्रसाद थकाली घोषित भए। 

स्थानीय तारा खेल प्रतियोगिता अन्तर्गत ५० भन्दा माथि र ४९ वर्ष भन्दा तल्लो उमेर समूहमा भएको प्रतियोगिताको प्रथम ठिनी र जोमसोमले  नगद २५ हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र जित्यो। दुबै उमेर समूहको दोस्रो हुने वडा जोमसोम र स्याङले नगद १५ हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्‍यो। प्रतियोगितामा दुवै उमेरका समूहका सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार पुरस्कार प्राप्त गरे।

आइतबार सम्पन्न महिलाहरूको डोरी तान्ने खेल प्रतियोगितामा घरपझोङ-४ जोमसोम महिला समूह प्रथम भयो। प्रतियोगितामा घरपझोङ-२ मार्फाको महिला टोली दोस्रो भए। प्रतियोगिताको प्रथम र दोस्रो हुने टोलीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। यसैगरी घरपझोङ गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिबीच भएको डोरी तान्ने प्रतियोगितामा कर्मचारी टोली प्रथम भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.